नेप्सेमा फेरि घट्ने क्रम सुरु

Dec 2nd, 2019

काठमाडौं, मंसिर १६

अघिल्लो दिन सामान्य अंकले बढेको नेप्से आज सोमबार पुुन घटेको छ । नेप्से आज शुन्य दसमलव ८६ अंकले घटेर ११ सय ११ दसमलव ९९ अंकमा पुुग्दा सेन्सिटिभ पनि शुन्य दसमलव ४४ अंकले घटेर दुुई सय ४५ दसमलव ७१ अंकमा पुुगेको छ । आज एक सय ६४ कम्पनीहरुको चार हजार एक सय १३ वटा कारोवारमा आठ लाख २६ हजार तीन सय ६८ कित्ता सेयर किनबेच हुंदा कारोवार रकम २३ करोड २२ लाख ५९ हजार तीन सय ३१ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुंदा तीन वटा समुहको सुचक बढेर बाँकी समुहको सुचक घटेकाछन । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक एक दसमलव १३ अंकले बढेर एक हजार १९ दसमलव पाँच अंकमा पुुग्दा जलबिद्युुत र टे«डिङ समुहको सुचक पनि बढेकाछन । बिकास बैंक समुहको सुचक भने आज तीन दसमलव ८३ अंकले घटेर १५ सय १७ दसमलव सात अंकमा झरेको छ । निर्जिवन बीमा, लघुुबित्त, जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेर रातै भएकाछन ।

बढी कमाउने कम्पनीको सुचीमा आज नेशनल माईक्रो फाईनान्स बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा अरुण कावेली जलबिद्युत कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने एनएमबी बैंक पहिलो स्थानमा परेको छ ।