सुनको भाउ घट्यो , हेर्नुस कति पुग्यो ?

Dec 2nd, 2019

काठमाडौ, १६ मंसिर

आइतबार बढेको सुनको मूल्य सोमबार घटेको छ । आइतबार एकैचोटी तोलामा ३ सयले बढेर ७१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन आज तोलामा दुई सय रुपैयाँले घटेर ७१ हजार ४ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुनको भाउ समेत तोलामा २ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुनको भाउ ७१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी चाँदीको भाउ समेत आज तोलामा ५ रुपैयाँ घटेको छ । आज चाँदी ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।