• गृहपृष्ठ
  • तेह्रौँ साग : तेक्वान्दोमा कमल श्रेष्ठलाई स्वर्ण पदक

तेह्रौँ साग : तेक्वान्दोमा कमल श्रेष्ठलाई स्वर्ण पदक

Dec 2nd, 2019

काठमाडौँ, १६ मङ्सिर (रासस)

तेस्रो पटक नेपालले आयोजना गरेको १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत तेक्वान्दो खेलमा कमल श्रेष्ठले स्वर्ण पदक हात पार्नुभएको छ ।

पुम्सेको २३ देखि २९ वर्षको उमेर समूहको स्पर्धामा उहाँले भारतका राहुल जैनलाई पराजित गर्दै नेपाललाई स्वर्ण पदक दिलाउनुभएको हो । कमलले ८.२७० अङ्क ल्याउँदै स्वर्ण जित्नुभएको हो । पराजित भारतका राहुलले ८.२०० अङ्क ल्याउनुभएको थियो ।

सोही स्पर्धामा श्रीलङकाका निसाशङ्कासे आसिङ्गेले कास्य पदक हात पार्नुभयो । उहाँले ८.०६० अङ्क प्राप्त गर्नुभएको थियो ।

त्यसअघि कृष्णबहादुर तामाङले तेक्वान्दोको १७ देखि २३ वर्ष उमेर समूहमा रजत पदक हात पार्नुभयो । उहाँले श्रीलङ्काको रौनुका प्रभातसँग पराजित हुर्दै रजत पदकमा चित्त बुझाउनुभएको हो ।