• गृहपृष्ठ
  • सनराईज बैंकद्धारा परासीमा शाखा बिस्तार

सनराईज बैंकद्धारा परासीमा शाखा बिस्तार

Dec 2nd, 2019

काठमाडौं, मंसिर १६

सनराइज बैंकले नवलपरासीस्थित परासी बजारमा आफ्नो शाखा खोलेको छ । बैंकले सो क्षेत्रमा आफ्नो एक सय २५ औं शाखा सञ्चालनमा ल्याएको हो । आइतबार आयोजित उद्घाटन कार्यक्रममा रामग्राम नगरपालिकाको मेयर नरेन्द्रकुमार गुप्ता र बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले संयुक्तरुपमा समुुद्धघाटन गरेका हुुन ।

कार्यक्रममा पौड्यालले सर्वसाधारणमा बचत गर्ने बानीको विकास गर्न अनुरोध गदै उक्त बचतलाई बैंक मार्पmत लगानी गर्न प्रोत्साहन गरेका छन् । सोही दिन आयोजित सुरुङ्गा शाखा कार्यालय स्थानान्तरण कार्यक्रममा कन्काई नगरपालिकाको मेयर राजेन्द्रकुमार पोखरेल र बैंकको संचालक समितिका सदस्य शारदाशर्मा पुडासैनीले संयुक्तरुपमा शाखा कार्यालयको समुुद्धघाटन गरेका थिए । बैंकले हालसम्म एक सय २५ वटा शाखा, ३९ वटा शाखारहित बैंकिङ्ग सेवा, आठ वटा एक्सटेन्सन काउण्टर र एक सय ४५ वटा एटीएम मार्फत बैंकिङ् सेवा प्रदान गर्दै आइरहेको छ ।