एनएमबी बैंकलाई अन्तराष्ट्रिय सम्मान

Dec 2nd, 2019

काठमाडौ, मंसिर १६

एनएमबी बैंकले अन्तराष्ट्रिय सम्मान प्राप्त गरेको छ । बैंकले ‘सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभर्नान्स २०१८’ बाट पुरस्कृत भएको हो । बैंकले बंगलादेशको राजधानी ढाकामा आयोजित एक कार्यक्रममा उक्त पुस्कार पाएको हो । पुरस्कारले उच्च तहको कर्पोरेट गभर्नेन्स् तथा पारदर्शिताको लागि बैंकको बचनबद्धतालाई प्रदर्शन गरेको जनाएको छ । यसका अतिरिक्त एनएमबी बैंक साउथ एसियन फेडेरेशन अफ अकाउन्टस् (साफा) वेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड “सर्टि्फिकेट अफ मेरीट” बाट पनि पुरस्कृत भएको हो ।

बैंकलाई उक्त पुस्कार बंगलादेशको राजधानी ढाकामा आयोजित एक कार्यक्रम प्रदान गरिएको हो । साफाज् कमिटि फर इम्प्रुभमेन्ट इन ट्रान्स्प्यामरेन्सी, अकाउन्टे विलिटी एण्ड गर्भनन्सले विभिन्न विधामा प्रदान गरिने यी अवार्डहरु दक्षिण एसियाली राष्ट्रहरुद्धारा प्रकाशित वार्षिक प्रतिवेदनको मुल्यांकनको आधारमा प्रदान गरिएको पनि बैंकले जानकारी दिएको छ ।