सिटिजन बैंकले पायो साफा अवार्ड

Dec 2nd, 2019

काठमाडौं, मंसिर १६

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले साफा अर्वाड प्राप्त गरेको छ । बैंकका अनुसार यही मंसिर १४ गते साउथ एशियन फेडरेशन अफ एकाउन्टेन्टस् (साफा) ले बंगलादेशको ढाकामा आयोजना गरेको एक समारोहका विच बैंकलाई उक्त अवार्ड प्रदान गरेको हो । साफाले बैंकलाई सोही समारोहमा सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभरनेन्स डिस्क्लोजर्स २०१८ बाट पुरस्कृत समेत गरेको छ भने प्राइभेट सेक्टर बैंक बिधामा बैंकले सर्टि्फिकेट मेरीट प्राप्त गरेको छ । बैकका अनुसार सार्क क्षेत्रमा क्रियाशील रहेका व्यावसायिक लेखा निकायहरूको छाता संगठनको रूपमा स्थापित साफाले हरेक वर्ष दक्षिण एसियामा प्रकाशित वार्षिक प्रतिवेदनहरुको मूल्यांकन गरी विभिन्न विधामा पुरस्कार वितरण गर्दे आईरहेको छ ।

यो अर्वाड साफाले वार्षिक लेखा प्रतिवेदनमा समावेश भएका उद्देश्य, जोखिम व्यवस्थापन, लेखा सम्बन्धी टिप्पणी, पारदर्शिता, जवाबदेहीता, संस्थागत सुशाशन, तथा अन्य डिस्क्लोजर्सका आधारमा मूल्यांकन गरी उत्कृष्ट छनौट भएको वार्षिक प्रतिवेदनलाई दिने सम्मान हो । साफाद्वारा बैंक लगातार तीन वर्षदेखि पुरस्कृत हुदै आएको छ । बैंकले आगामी दिनमा पनि उत्कृष्ट वार्षिक प्रतिवेदन प्रकाशन गर्ने तथा संस्थागत सुशाशनलाई थप पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।

हाल बैंकले सबै क्षेत्रमा गरी ८५ वटा शाखा, ८२ वटा ए.टि.एम. र एक सय दुुई वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।