विभिन्न धनमाल चोरी

Dec 2nd, 2019

काठमाडौं, १६ मंसिर

काठमाडौं, चन्द्रागिरी नगरपालिका २ वाण भञ्ज्याङ बस्ने भुवनेश्वर शर्माको घरबाट नगद तथा सुनका विभिन्न किसिमका गरगहना समेत गरी १२ लाख ३६ हजार रुपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।

यसैगरी काठमाडौं, तारकेश्व र नगरपालिका २ शान्तिधामस्थित शान्तिधाम मन्दिरबाट चन्दा बाकसमा रहेको नगद ५० हजार रुपैयाँ, सुनको हार १ थान, सुनको मुकुट १ थान र सुनको चन्द्रमा १ थान आइतबार बिहान चोरी भएको छ ।

भक्तपुर, सूर्यविनायक नगरपालिका ६ पाण्डुबजार हाईट बस्ने स्वस्थानी खड्काको घरबाट सुन तथा चाँदीका विभिन्न गरगहना समेत गरी करिब १ लाख ८४ हजार रुपैयाँ बराबरको धनमाल आइतबार साँझ चोरी भएको छ ।

चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।