ग्याँस सिलिण्डर पड्किँदा घाइते

Dec 2nd, 2019

काठमाडौं, १६ मंसिर

खाना पकाउने क्रममा ग्याँस सिलिण्डर पड्किँदा काठमाडौं महानगरपालिका ५ हाँडीगाउँ जोगीकुटी मार्ग डेरा गरी बस्ने भारत घर भएका १८ वर्षीय प्रदिप कुमार कुशवाह आइतबार राति घाइते भएका छन् ।

कुशवाहाको शिक्षण अस्पताल महाराजगंजमा उपचारको भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।