• गृहपृष्ठ
  • बज्र ग्रुपको ब्राण्ड एम्बेस्डरमा मिस नेपाल श्रृङ्खला खतिवडा

बज्र ग्रुपको ब्राण्ड एम्बेस्डरमा मिस नेपाल श्रृङ्खला खतिवडा

Dec 2nd, 2019

काठमाडौ मंसिर १६

बज्रग्रुपले मिस नेपाल श्रृङ्खला खतिवडालाई एक बर्षको लागि आफ्नो ब्राण्ड एम्बेसडर कोरुपमा नियुक्त गरेको छ । उनलाई नियुक्त गर्नुको मुख्य दुई उद्देश्य रहेको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीका अनुसार सन् २०१८ को विश्व सुन्दरी प्रतियोगितामा उनको प्रतिनिधित्व नेपालको लागि संसारभर विशेष जनप्रभाव पार्ने ऐतिहासिक क्षण बनेको र उनी पेशाले आर्किटेक्ट भएकोले कम्पनीको बाथरुम र निर्माण सामाग्री उत्पादन गर्ने सेनेटरी ब्यवसायसँग सम्बन्धित रहेका कारण ब्राण्ड एम्बेसडर नियुक्त गरेको कम्पनीको भनाई छ । उनी कम्पनीको उत्पादनको बारेमा राम्रो जानकार रहुनको साथै उनको ब्यवसायिक विचार र कार्यशैलीले बजारमा कम्पनीको उत्पादनहरुलाई प्रचार गर्न पनि सहज बनाएको कम्पनीले जानकारी दिएको छ ।

“बिगत २८ बर्षदेखि बज्र ग्रुपले विविध प्रकारका सेनेटरी उत्पादनहरु वितरण गर्दै आएको छ । जस्तैंः बाथरुमका सामान, सेरामिक टाइल्स, फ्लोर लेमिनेट्स, लाभाटोरिज, सुट, निर्माण सामाग्रीहरु र इसेम्बल्स ईत्यादी । नेपालमा उत्कृष्ट प्रदर्शनको लागी यस ग्रुपले बिभिन्न प्रतिष्ठित अवार्डहरु प्राप्त गरेको छ । बज्रग्रुप देशको सेनेटरी बजार मा ८० प्रतिशत अंश ओगट्न सफल छ ।”ई. श्रृङ्खला खतिवडाले भनिन, “म स्वयं एक आर्किटेक्ट हुँ , मैले बज्र ग्रुप को उत्पादनहरु अन्तराष्ट्रिय मापदण्ड को गुणस्तर र सर्वसुलभ भएको पाँए ।