• गृहपृष्ठ
  • हुन्डाईको विन्टर डिलाईट योजना सार्वजनिक

हुन्डाईको विन्टर डिलाईट योजना सार्वजनिक

Dec 2nd, 2019

काठमाडौ मंसिर १६

नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाई विन्टर डिलाईट’ योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्र्तगत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुटका साथै विभिन्न सुबिधाहरु प्राप्त गर्ने अवसर पाउनेछन ।

योजना मार्फत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुट, निशुल्क एक वर्ष सम्मको बिमा, आकर्षक एक्सचेन्ज बोनस,े स्पट् एक्सचेन्ज तथा मुल्याँङ्कनको सुबिधा र एक वर्ष सम्मको निशुल्क सडक कर समेत प्राप्त गर्न सक्नेछन् । साथै हरेक हुन्डाई गाडीको खरिदमा ४ वर्षसम्म निशुल्क सर्भिस र ३ वर्षको वारेन्टी पनि प्राप्त गर्न सकिनेछ । चिसो मौसममा पनि यस ‘हुन्डाई विन्टर डिलाईट’ले ग्राहकवर्गमा न्यानोपनको आभाष प्रदान गर्ने लक्ष्य लिइएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ । यस ‘हुन्डाई विन्टर डिलाईट’ मार्पmत पनि ग्राहकहरुलाई विभिन्न सेवा सुविधा प्रदान गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।यस योजना निर्धारित समयका लागी मात्र लागु हुने छ ।