• गृहपृष्ठ
  • तेह्रौँ साग : भारत र पाकिस्तान पुरुष भलिबलको फाइनलमा

तेह्रौँ साग : भारत र पाकिस्तान पुरुष भलिबलको फाइनलमा

Dec 2nd, 2019

काठमाडौँ, १६ मङ्सिर (रासस)

भारत र पाकिस्तान १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत पुरुष भलिबलको फाइनलमा प्रवेश गरेका छन् । आइतबार भएका सेमिफाइनल खेलमा भारतले श्रीलङ्कालाई तथा पाकिस्तानले बङ्गलादेशलाई पराजित गरेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्ड हलमा भएको पहिलो सेमिफाइनलमा भारतले श्रीलङ्कालाई २७–२५, २५–१९, २१–२५ र २५–२१ अङ्कले पराजित ग¥यो । अर्को सेमिफाइनलमा पाकिस्तानले बङ्गलादेशलाई २५–१५, २५–२१ र २६–२४ अङ्कले हराएको हो ।