बार्सिलोना शीर्ष स्थानमा

Dec 2nd, 2019

काठमाडौँ,१६ मङ्सिर

बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिकोे मड्रिडलाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिकोे म्याड्रिडलाई १–० गोलले पराजित गरेको हो ।

बार्साको जितमा लियोनेल मेस्सीले गोल गरेका थिए। मेस्सीले ८६औं मिनेटमा लुइस स्वारेजको पासमा गोल गरेका थिए । लियोनल मेस्सीले निर्णायक गोल गरेपछि साविक विजेता बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । 

जीतसँगै १४ खेल खेलेको बार्सिलोनाको ३१ अंक रहेको छ ।छैटौँ स्थानमा रहेको एथ्लेटिकोे २५ अंक छ ।