• गृहपृष्ठ
  • यसपाली नगद लाभांसमा बैंकहरुको जोड, एनएमबी बैंकले दियो सबैभन्दा बढि लाभांस

यसपाली नगद लाभांसमा बैंकहरुको जोड, एनएमबी बैंकले दियो सबैभन्दा बढि लाभांस

Dec 2nd, 2019

काठमाडौं, १६ मंसिर
नेपाल राष्ट्र बैंकले बैंकहरुलाई चुक्ता पुँजी बढाउन भनेसँगै बैंकहरुले सुरुका वर्षमा न्युन मात्रामा मात्रै नगद लाभांस दिएका थिए । पुँजी पुराएसँगै भने बैंकहरुले बोनस सेयरलाई कम प्राथमिकता दिएका छन् । अहिले उनिहरुको प्राथमिकता नगद लाभांसमा छ ।

अहिले सम्मको लाभांश घोषणा केलाउने हो भने एनएमबि बैंकले सबैभन्दा धेरै २१ प्रतिशत बोनस र १४ प्रतिशत नगद सहित ३५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । एनएमबी बैंकपछि नबिल बैंकले १२ प्रतिशत बोनस र २२ प्रतिशत नगद गरी ३४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । अहिलेसम्मको बोनस घोषण हेर्दा नबिल बैंक दोस्रो स्थानमा छ ।

ग्लोबल आईएमई, सिद्धार्थ, एभरेष्ट र नेपाल बैंकले २५ प्रतिशत लाभांश प्रस्ताव गरेका छन् । सिभिल बैंक सबैभन्दा कम अर्थात ६.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ । जसले गत वर्ष ४.०५ प्रतिशत नगद लाभांश मात्र बाँडेको थियो । यसरी हेर्दा पछिल्ला वर्षमा सिभिल बैकंका लगानीकर्ताले राम्रो लाभांस पाउन सकेका छैनन् ।

गत वर्ष सबैभन्दा बढि लाभांस नेपाल इन्भेष्टमेन्ट बैंकले वितरण गरेको थियो । १८ प्रतिशत बोनस र २२ प्रतिशत नगद गरि कूल ४० प्रतिशत लाभांश वितरण गरेको थियो । विश्लेषकहरु बैंकहरुले प्रदान गरेको यो नाफा सन्तोषजनक नै मान्न पर्छ । गत वर्ष भन्दा बढेको बोनसका कारण सेयर लगानीकर्ता घाटामा नरहेको उनीहरुको बुझाई छ ।

हालसम्म प्रकाशित बैंकहरुको लाभांस विवरण अनुसार बैंकहरुले आफ्ना सेयर लगानीकर्तालाई औसतमा १०.२९ प्रतिशत नगद लाभांश र बोनस सेयर ८.७२ प्रतिशत प्रदान गरेको देखिन्छ । कुल जोड्दा बैंकहरुले औसतमा १९.०१ प्रतिशत लाभांश वितरण गरेको देखिन्छ । यसरी हेर्दा वाणिज्य बैंकहरुले प्रदान गर्ने लाभांस ३.७१ प्रतिशतले बढेको देखिन्छ ।

गत वर्ष भने बैंकहरुले अघिल्लो आर्थिक वर्ष २०७४/७५ को नाफाबाट औसतमा १५.३० प्रतिशत लाभांश दिने घोषणा गरेका थिए । जसमा बोनस सेयर ६.२१ र नगद लाभांशको ९.०९ प्रतिशत रहेको देखिन्छ ।