• गृहपृष्ठ
  • सङ्खुवासभाको मकालु गाउँपालिकाको अध्यक्षमा नेकपाका तेजबहादुर विजयी

सङ्खुवासभाको मकालु गाउँपालिकाको अध्यक्षमा नेकपाका तेजबहादुर विजयी

Dec 1st, 2019

खाँदबारी, १५ मङ्सिर (रासस)

सङ्खुवासभाको मकालु गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तेजबहादुर पोख्रेल विजयी हुनुभएको छ ।

पोख्रेलले तीन हजार १८ मत ल्याएर विजयी हुनुभएको हो । नेकपाका पोख्रेलले ८०२ मतको अन्तरले विजयी हुनुभयो । त्यस्तै, नेपाली काँग्रेसका विमन पराजुलीले दुई हजार २१६ मत ल्याउनुभयो । नौ हजार एक मत रहेको मकालुमा पाँच हजार ७७४ मत खसेको थियो । मकालु गाउँपालिका अध्यक्ष पदका लागि सात दलले उम्मेदवारी दिएका थिए । त्यस्तै सङ्घीय समाजवादी पार्टी नेपालका नुर्वु शेर्पाले ३३२ मत प्राप्त गर्नुभएको छ ।

नेकपाका विजयी उम्मेदवार तेजबहादुर शिक्षक पेशाबाट अवकाश लिएर राजनीतिक क्षेत्रमा आउनुभएको हो । मकालु गाउँपालिका अध्यक्ष खड्ग कटुवालको जीप दुर्घटनामा परेर २०७४ पुस ३० गते मृत्यु भएको थियो । कटुवाल तत्कालीन एमालेबाट निर्वाचित हुनुभएको थियो ।