• गृहपृष्ठ
  • हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षमा नेकपाका उम्मेदवार विजयी

हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षमा नेकपाका उम्मेदवार विजयी

Dec 1st, 2019

सिमकोट, १५ मङ्सिर 9रासस)

हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार रुपा शाही विजयी हुनुभएको छ ।

उपनिर्वाचनमा उपाध्यक्ष पदका लागि तीनवटा राजनीतिक दलहरु चुनावी मैदानमा रहेपनि नेकपाका शाही एक हजार ४५३ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका तारा शाहीले एक हजार ३८५ मत ल्याउनुभएको थियो । नेकपाका उम्मेदवार शाही यस अघिको निर्वाचन २०७४ सालमा पराजित हुनुभएको थियो ।