माटोको डिस्को खसेर पाँच जनाको मृत्यु

Dec 1st, 2019

कास्की, मंसिर १५
पोखरा महानगरपालिका २० बिसौनास्थित भलाम योर्लेचौरबाट आटिघर मौजास्थानतर्फ जाने सडक निर्माण गर्ने क्रममा आइतबार बिहान माटोको ठिस्को खस्दा सल्यान बाघचौर नगरपालिका-४ सल्यान बस्ने ३५ वर्षीय गणेश ओली समेत ५ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

तत्काल खटिएको स्थानीय प्रहरीले उद्धार गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।