म रोएको पल ..सार्बजनिक

Dec 1st, 2019

काठमाडौ, मंसिर १५

नेपाली गीत संगीतको बजारमा अर्को एक मेलोडियस आधुनिक गीत थपिएको छ ..म रोएको पल । गाँसिएको मायाप्रेममा आउने उतारचढावलाई गीतको कथाको माध्यमबाट प्रस्तुत गरिएको उक्त गीत साच्चीकै मार्मिक रहेको छ । मन मिल्दा संगै बाच्ने र मर्ने कसम खाएका प्रेमीहरु मन नमिले पछि कसरी बदलिन्छन् भन्ने यथार्थ चित्रण गीतले गरेको छ ।

यस गीतमा डी पी दाहार्ल परीश्रर्मी को गीत रचना, राजेश कैदीको संगीत र सुमन केसीको श्वर रहेको छ । एक पछि अर्को मिठा गीतहरु पस्कीरहेका गीतकार परीश्रमीले यस गीतमा पनि गहिरा शब्दहरु चयन गरेका छन् । गीत संगीत क्षेत्रमा निरन्तरता दिईरहेका यी तिनै गीतकार, संगीतकार र गायकको मेहनतले गीतलाई उचाई प्रदान गरेको छ भने गीतको म्युजिक भिडियो पनि सर्बजनिक भएको छ । म्युजिक भिडियो पनि त्यतिकै राम्रो बनेको छ । नेपाली चलचित्र क्षेत्रका सफल नृत्य निर्देशक कमल राईको निर्देशन रहेको यस भिडियोलाई चलचित्र क्षेत्रमा सफल छायांकार शिब ढकालले खिच्नु भएको छ ।

भर्खरै रिलिज भएको चलचित्र लभ यु हमेशामा हिरो हिरोईनको रुपमा अभिनय गरेका कलाकार एसराज, फिजा योन्जन, लगायत नया प्रस्तुती सुदीप भट्टराई लगायतका कलाकारहरुले यस भिडियोमा अभिनय गर्नु भएको छ । गीतमा नरम भाषामा तिखो प्रहार पनि पाईन्छ । यस गीतलाई युटुबमा डी पी दाहाल परीश्रमी एकाउन्टमा हेर्न सकिन्छ । यस गीतको अडियो तथा भिडियोलाई डिलाईटेड म्युजिकले उत्पादन तथा बिक्री बितरण गरेको छ ।