• गृहपृष्ठ
  • गुराँस लघुवित्त वित्तीय संस्थाको चौथो बार्षिक साधारण सभा सम्पन्न

गुराँस लघुवित्त वित्तीय संस्थाको चौथो बार्षिक साधारण सभा सम्पन्न

Dec 1st, 2019

काठमाडौं, मंसिर १५

गुराँस लघुवित्त वित्तीय संस्थाले चौथो बार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाले शनिवार संस्थाका अध्यक्ष उदयनारायण बरालको सभापतित्वमा बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
सभाले संचालक समितिको वार्षिक प्रतिवेदन, चुक्ता पूँजी सात करोड ७५ लाख रुपैयाँ मध्येबाट आठ दसमलव एक प्रतिसत लाभांस बितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट ओम प्रकाश प्रसाई र डा. प्रियंका कटवाललाई निर्विरोध संचालकमा निर्वाचित गरेको छ ।

हाल प्रदेश नं. १ अन्तर्गतका १० जिल्ला कार्यक्षेत्र रहेकोमा चार जिल्ला थप गरी प्रदेश नं. १ का सम्पूर्ण जिल्लाहरुमा कार्यक्रम विस्तार गर्ने गरी प्रदेश स्तरीय संस्था रहने निर्णय गरेको छ । संस्थाले हाल २६ वटा शाखा कार्यालय मार्फत १२ हजार भन्दा बढी विपन्न वर्गका परिवारलाई ७० करोड भन्दा बढी कर्जा प्रवाह गरी ११ करोड भन्दा बढी बचत परिचालन गरेको छ । बोनस शेयर वितरण पश्चात वित्तीय संस्थाको चुक्ता पुंजी आठ करोड ३४ लाख रुपैयाँ पुुग्ने छ ।