• गृहपृष्ठ
  • नेप्सेमा सामान्य बृद्धि, २० करोड रुपैयाँको सेयर किनबेच

नेप्सेमा सामान्य बृद्धि, २० करोड रुपैयाँको सेयर किनबेच

Dec 1st, 2019

काठमाडौ, मंसिर १५

नेप्सेमा सामान्य बृद्धि देखिएको छ । साताको पहिलो दिन आज आईतबार नेप्से शुन्य दसमलव शुन्य सात अंकले बढेर ११ सय १२ दसमलव ८५ अंकमा पुुगेपनि सेन्सिटिभ शुन्य दसमलव पाँच अंकले घटेर दुुई सय ४६ दसमलव १५ अंकमा पुुगेको छ । एक सय ६१ कम्पनीहरुको तीन हजार सात सय ३४ वटा कारोेवारमा आज छ लाख ७५ हजार ३८ कित्ता सेयर किनबेच हुंदा कारोवार रकम २० करोड ६३ लाख १४ हजार तीन सय २३ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुंदा छ वटा समुहको सुचक बढेपनि छ वटा समुहको सुचक घटेकाछन । यि मध्ये बाँणिज्य बैंक समुहको सुचक तीन दसमलव २९ अंकले घटेर एक हजार १७ दसमलव ९२ अंकमा पुग्दा बिकास बैक, निर्जिवन बीमा, लघुुबित्त, टे«डिङ र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन । होटल, जलबिद्युुत, फाईनान्स, जीवन बीमा, उत्पादनमुुलक र अन्य समुहको सुचक भने आज बढेकाछन ।

कमाउने कम्पनीको सुचीमा आज पहिलो स्थानमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी पर्दा गुमाउने कम्पनीहरुको सुचीमा घोढाघोढी लघुुबित्त बित्तीय संस्था पहिलो स्थानमा परेको छ । बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज नबिल बैंक पहिलो स्थानमा परेको छ ।