विद्या भट्टराई दोब्बर मतले अगाडि

Dec 1st, 2019

पोखरा, १५ मङ्सिर (रासस)

प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा कास्की–२ मा नेकपाका विद्या भट्टराईले प्रतिद्वन्द्वीभन्दा दोब्बर मतले अग्रता लिनुभएको छ ।

पछिल्लो मत परिणाम अनुसार ११ हजार ८४७ मतका साथ भट्टराई पाँच हजार ९६० मतले अगाडि हुनुभएको छ नेपाली काङ्ग्रेसका खेमराज पौडेलले पाँच हजार ८८६ मत पाउनुभएको छ ।

पछिल्लो मत परिणामअनुसार ११ हजार ८४७ मतका साथ भट्टराई पाँच हजार ९६० मतले अगाडि हुनुभएको छ नेपाली काङ्ग्रेसका खेमराज पौडेलले पाँच हजार ८८६ मत पाउनुभएको छ ।

सो क्षेत्रअन्तर्गत पोखरा महानगरपालिका वडा नं १७ र २०, २१ र ३३ को मतगणना सम्पन्न भइसकेको छ र यतिखेर वडा नं ४ र १६ को मतगणना शुरु भएको छ । सो क्षेत्रमा ४५ हजार ५७९ मत खसेकामा अहिलेसम्म ती चार वडामा गरी १९ हजार ३१ मतको गणना भइसकेको छ ।