• गृहपृष्ठ
  • कृपा अनप्लग्डमा कन्दरा ब्याण्डको तिमी पारी र लेककी हे माया

कृपा अनप्लग्डमा कन्दरा ब्याण्डको तिमी पारी र लेककी हे माया

Dec 1st, 2019

धरान, मंसिर १५
नब्बेको दशकको अत्यन्तै चर्चित ब्याण्ड कन्दरा आफ्नो अढाई दशकको सांगीतिक यात्रा पछि अहिले आएर पुन सांगीतिक यात्रामा पुनरागमन हुने क्रममा छन् ।

गत बर्षको धरान , दमक , बिर्तामोड र बुटवल को सफल सांगीतिक टुरपछि हौसिएको लोक पप ब्याण्डको रुपमा परिचित कन्दरा ब्यान्डले आफ्नो अफिसियल युट्युब च्यानलमा आफ्ना पुराना संगै नया गीतहरु ल्याएर दर्शक (श्रोताहरुको उत्तिकै माया पाइरहेका छन् । अहिलेको नया पुस्तामाझ पनि कन्सर्ट , सोसलमिडिया बाट राम्रो प्रतिक्रिया पाइरहेको कन्दरा ब्यान्डले पुराना अत्यन्त चर्चित गीत हरु “तिमी पारी त्यो गाउंमा” र “लेक कि हे माया”

कृपा अनप्लग्डको नया श्रंखलामार्फत युट्युबमा भर्खरै रिलिज गरिएको छ । ९० को दशक को यो दुई गीत कन्दरा को क्यारियरकै उत्कृस्ट गीत मानिन्छ । रिलिज को ३ र ४ दिनमा नै युट्युबमा लाख बढी भ्युअर्स संगै राम्रो प्रतिक्रिया पनि पाइरहेकोमा पहिलो अल्बम निकाल्दा जतिको जोश बढेर आएको कन्दराका मुख्य गायक बिबेक श्रेष्ठ बताउछन् ।

नेपाल मा लाइभ साङ्गितिक प्रस्तुती लाई अर्कै उचाई मा लैजान कृपा अनप्लग्डको बिशेष भूमिका छ । जसको कारण यही कार्यक्रम को लागि ब्यान्डका गायक बिबेक श्रेष्ठ अष्ट्रेलिया बाट नेपाल आई ब्यान्ड सँग प्रत्यक्ष प्रस्तुत भएका थिए । विगत २७ बर्षदेखि कन्दरा नेपाली संगीतमा अनवरत लागि रहेको छ। नेपाली संगीत मा विशुद्ध र सरल शब्द, संगीत र स्वरको समिश्रण गर्ने कन्दरा ब्यान्ड चाडै नै देश ब्यापी सांगीतिक टुरको तयारीमा समेत रहेकाछन् । कन्दराको हङकङ पोखरा, तगारोमा रुमाल राखी, चन्चले कान्छी, डांडापारी , बिदेसिएर गईन उनि ,फुल्चोकिको डाडैमा लगायत का अन्य गीत हरु पनि अत्यन्तै चर्चित छन ।