१२ सत्ताईसको रिलिज मिति माघ ३ मा स¥यो

Dec 1st, 2019

काठमाडौ, माघ १५

नेपाली कथानक चलचित्र ‘१२ सत्ताईस’को प्रदर्शन मिति परिवर्तन भएको छ । यसअघि यहि मंसिर २७ गते प्रदर्शन हुने भनिएको यो चलचित्र अब आउँदो माघ ३ गते प्रदर्शन हुने निर्माण कम्पनी ह्याप्पी प्लानेट फिल्मस् प्रा.ली.ले जनाएको छ ।

‘१२ सत्ताईस’को प्रचार प्रसारको लागि समय कम भएको र चलचित्रलाई अन्तिमरुप दिन केही प्राबिधिक काम समेत बाँकि रहेकोले प्रदर्शन मितिमा हेरफेर गर्नुपरेको निर्माण कम्पनीले जारी गरेको नोटिसमा उल्लेख छ । लाइट कमेडी जनरामा निर्माण भएको यो चलचित्रको केहि दिनअघि सार्वजनिक ट्रेलरमा मिश्रित प्रतिक्रिया आइरहेका छन् । चलचित्रमा पैसा कमाउनको लागि १२ सत्ताइस गर्ने कथा देखाउँन खोजिएको छ । जोन योञ्जनले निर्देशीत चलचित्रमा समिर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, सम्राट थापा, अभोन राज , भीस्म जोशि, अस्मिता खनाल, बिना कार्की लगायत कलाकारको अभिनय रहेको छ ।

चलचित्र रेणु राना, दिपक खातियोडा, र रुपक थापाले निर्माण गरेका हुन् भने चलचित्रका लागी सहनिर्माताको रुपमा गौतम शाहाको लगानी रहेको छ । अनिश श्याङदेनले छायांकन गरेको चलचित्र कृष्ण भण्डारीले सम्पादन गरेका छन् । चलचित्रको कथा निर्देशक जोनले नै तयार पारेका हुन् ।