• गृहपृष्ठ
  • नेपाल उद्योग परिसंघका पदाधिकारी र श्रीलंकाका राजदूतबीच भेटवार्ता

नेपाल उद्योग परिसंघका पदाधिकारी र श्रीलंकाका राजदूतबीच भेटवार्ता

Nov 30th, 2019

काठमाडौं, १४ मंसिर

नेपालका लागि मित्रराष्ट्र श्रीलंकाका राजदूत महामहिम हिमाली अरुणा तिलके र नेपाल उद्योग परिसंघका पदाधिकारीहरुबीच मंसिर १३ गते परिसंघको सचिवालयमा भेटवार्ता भएको छ ।प्रारम्भमा राजदूत अरुणा तिलकेको स्वागत गर्नु हुँदै परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपाल श्रीलंका दुबै मुलुकले द्विपक्षीय, क्षेत्रीय एवं अन्तर्राष्ट्रिय स्तरका व्यापार, लगानी र पर्यटनमा ठोस योगदानदिन सक्ने देखिन्छ तापनि दुबै बीच अपेक्षित मात्रामा व्यापार र लगानी विस्तार हुन नसकेको बताए ।

नेपालको लुम्बिनी श्रीलंकाका जनताको धार्मिक आस्थाको केन्द्र भएको र गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै सञ्चालनमा आउँदै गरेको पृष्ठभूमिमा नेपाल भ्रमण वर्ष २०२० को अवसरमा धार्मिक पर्यटन एवं सांस्कृतिक सम्बन्धको विकासमा दुबै देश बीच थप सहकार्यको यथेष्ट सम्भावना रहेकोले यस कार्यलाई बढाउन परिसंघ दूतावाससँग सहकार्य गर्न इच्छुक रहेको अध्यक्ष मोरले भेटवार्ताको क्रममा ब्यक्त गरे ।

बैंकिङ्ग, इन्स्योरेन्सको अलवा सेवा क्षेत्रको विकासमा दुबै मुलुकबीच यथेष्ट सम्भावना रहेको उल्लेख गर्दै अध्यक्ष मोरले यस क्षेत्रको विकासको सन्दर्भमा समेत परिसंघ सहकार्य गर्न तयार रहेको उल्लेख गरे । सो अवसरमा राजदूत अरुण तिलकेले श्रलिंकाबाट रबर उत्पादनको साथै नरिवलको तेल र नरिवलको दूध उत्पादन एवं निर्यातमा क्षेत्रीय स्तरमा प्रमुखरुपमा भएकोले नेपालमा समेत यी वस्तुहरुको बजार प्रवद्र्धनको सम्भावना भएको विचार ब्यक्त गरिन् ।

सोही अवसरमा राजदूतले श्रीलंकाले आइटी एवं डिजीटल ट्रान्सफरमेशनको क्षेत्रमा धरै विकास गरेको पृष्ठभूमिमा नेपालले यस क्षेत्रमा श्रीलंकासँग सहकार्य गर्न सक्ने सम्भावना यथेष्ट छ र यसको लागि नेपाल सरकार र निजी क्षेत्रसँग सहकार्यका लागि दूतावास आवश्यक पहल गर्न तयार रहेको विचार समेत ब्यक्त गरिन । भेटवार्तामा परिसंघका उपाध्यक्षहरु, दूतावासको प्रथम सचिव समेतको उपस्थिति थियो ।