• गृहपृष्ठ
  • धर्मेश्वर सहकारीले सम्पन्न गर्यो आफ्नो १२औँ साधारण सभा

धर्मेश्वर सहकारीले सम्पन्न गर्यो आफ्नो १२औँ साधारण सभा

Nov 30th, 2019

भक्तपुर, १४ मंसिर
धर्मेश्वर बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो १२ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाले सूर्यविनायक नगरपालिका वडा नं २ बालकोट भक्तपुरमा आज सभा सम्पन्न गरेको हो । सभामा प्रमुख अतिथिका रुपमा जेष्ठ नागरिक समाज सूर्यविनायक नगरपालिकाका भोला सिंह सिलवालको उपस्थिति रहेको थियो । त्यस्तै अतिथिका रुपमा समाजसेवी रोहित रानाभाटका साथै विभिन्न सहकारीका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

संस्थाको सेयर सदस्य ६ सय ६६ जना, सेयर पुँजी ६६ लाख ५८ हजार रुपैयाँ, निक्षेप ७ करोड ९३ लाख १८ हजार ७ सय ३५ रुपैयाँ संकलन गरि ७ करोड १३ लाख ८९ हजार ०१६ रुपैयाँ कर्जा लगानी गरेको र कुल नाफा १५ लाख २५ हजार ८५ रुपैयाँ रहेको संस्थाका अध्यक्ष दामोदर भण्डारीले जानकारी दिए ।