• गृहपृष्ठ
  • १३औं दक्षिण एशियाली खेलकूदका सहभागीलाई टेलिकमको निःशुल्क सिम

१३औं दक्षिण एशियाली खेलकूदका सहभागीलाई टेलिकमको निःशुल्क सिम

Nov 30th, 2019

काठमाडौं, १४ मंसिर
नेपाल टेलिकम यही मंसिर १५ देखि २४ गतेसम्म नेपालमा हुन गइरहेको दक्षिण एशियाका सात मुलुकहरुले भाग लिने १३औं दक्षिण एशियाली खेलकूद (साग) को पार्टनर स्पोन्सर बनेको छ । कम्पनीले १३औं दक्षिण एशियाली खेलकूद प्रतिस्पर्धामा सहभागी सम्पूर्ण खेलाडी, पाहुना, आयोजक, कर्मचारी तथा सहयोगीहरुलाई निःशुल्क फोरजी सिमकार्ड समेत उपलब्ध गराएको टेलिकमले जनाएको छ ।

टेलिकमका अनुसार काठमाडौं, जनकपुर र पोखरामा खेलिने यस खेल महोत्सवमा सहभागी सम्पूर्ण खेलाडी, पाहुना, आयोजक, कर्मचारी तथा सहयोगीहरुका लागि कम्पनीले ४ हजार ५ सय निःशुल्क फोरजी सिमकार्ड उपलब्ध गराएको छ । सागको पार्टनर स्पोन्सर रहेको नेपाल टेलिकमका सेवाहरु सो खेलमा भाग लिन आउने विदेशी खेलाडी तथा पाहुनाका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै काउण्टर राखी साग आयोजक कमिटीले प्रदान गरिरहेको छ ।

एकताको भावनामा बढोत्तरी गर्नसक्ने ठानिएको यो खेल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्नका लागि नेपाल टेलिकमले खेल अवधिभर खेलस्थलहरुमा अतिरिक्त मोबाइल टावरको व्यवस्था गरेको छ । मोबाइल भ्यान तथा खेल स्थल वरपर थप गरिएका अन्य मोबाइल टावरहरुबाट सञ्चालित नेटवर्कले त्यस क्षेत्रमा कम्पनीका सेवाहरु सहजै र तीब्र गतिमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

कम्पनीले खेलाडी, प्रशिक्षक, अफिसियल, जज, रेफ्री लगायत सम्पूर्ण खेलकर्मीहरुको आकस्मिक स्वास्थ्य सेवाका लागि स्वास्थ्य हटलाइन सेवा एक महिनाका लागि निःशुल्क उपलब्ध गराएको छ । यसका लागि ११६६ कजयचत अयमभ मार्फत कल गरेर यो सेवा लिन सकिने छ । कम्पनीले खेलस्थलहरुमा ग्राहक सेवाका साथै फोरजी लगायत अन्य सेवाको प्रचारप्रसार तथा व्यवसाय प्रबद्र्धन कार्यका लागि स्टल समेत राख्ने भएको छ । यस खेलमा सहभागी सम्पूर्ण खेलाडी तथा पाहुनाहरुलाई सुस्वास्थ्यको कामना गर्दै खेलकोे ऐतिहासिक सफलताको शुभकामना टेलिकमले व्यक्त गरेको छ ।