• गृहपृष्ठ
  • माछापुछ्रे बैंक मास्टर कार्डसंग आवद्ध

माछापुछ्रे बैंक मास्टर कार्डसंग आवद्ध

Nov 30th, 2019

काठमाडौं, मंसिर १४

माछापुछ्रे  बैंक लिमिटेडको सम्पूर्ण एटिएम तथा प्वाइन्ट अफ सेल्सहरुमा अव मास्टर कार्ड स्वीकार गर्न माछापुछ्रे  बैंक लिमिटेड मास्टर कार्डको सञ्जालसंग आवद्ध भएको छ । विशेषगरी नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरु तथा मास्टर कार्ड लिएका नेपाली ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै माछापुछ्रे  बैंक मास्टर कार्डसंग आवद्ध भएको हो ।

अव ग्राहकहरुले माछापुछ्रे  बैंकको एक सय ७० भन्दा बढि एटिएम मार्फत नगद निकाल्न तथा १ हजार भन्दा बढि प्वाइन्ट अफ सेल्स मार्फत सामान खरिदको रकम भुक्तानी गर्न सक्नेछन् । बैंकले छिटैनै आफ्ना ग्राहकहरुलाई मास्टर कार्ड जारी गर्ने समेत जनाएको छ । मास्टर कार्ड सँगै बैंकका सम्पूर्ण एटीएम र प्वाइन्ट अफ सेल्सहरुमा भिसा, यूनियन पे , मास्टरकार्ड र मेस्ट्रो कार्डहरु सजिलै प्रयोग गर्न सकिनेछन् ।

स्थापनाकालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुछ्रे  बैंकले मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाता एंव मुद्धती खाता खोल्ने, क्यू.आर.कोड लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहकमा झल्याइसकेको छ ।

बैंकले पुुर्वदेखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १४४ वटा शाखाहरु, १३७ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा२८१ स्थानमा रहेका सेवा सञ्जाल तथा १७० वटा एटीएमहरु मार्फत बाट ग्राहकहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।