• गृहपृष्ठ
  • लुम्बिनी जनरल इन्स्योरेन्स र ह्याम्स हस्पिटल बीच नगदरहित उपचार सम्झौता

लुम्बिनी जनरल इन्स्योरेन्स र ह्याम्स हस्पिटल बीच नगदरहित उपचार सम्झौता

Nov 30th, 2019

काठमाडौ, मंसिर १४

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीलि. र धुम्बाराही, काठमाडौं स्थित ह्याम्स हस्पिटलबिच नगदरहित उपचार सम्झौता भएको छ । सम्झौता अनुसार इन्स्योरेन्सबाट औषधोपचार तथा दुर्घटना बीमाको सुबिधा लिने ग्राहकहरुले उक्त हस्पिटलमा उपचार गरेमा बीमा लेखले खामे सम्मको उपचार बापतको रकम इन्स्योरेन्सले सिधै हस्पिटललाई भुक्तानी दिनेछ । यसबाट इन्स्योरेन्सका ग्राहकहरुले रकम अभावमा उपचारबाट बञ्चित हुनु नपर्ने साथै हस्पिटललाई रकम भुक्तानी गरिरहनु नपर्ने भएकोले त्यसबाट ग्राहकहरुलाई निकै राहत मिल्नेछ ।

सम्झौतामा कम्पनीका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत बि.के. श्रेष्ठ र हस्पिटलका तर्फबाट चिफ अपरेटिङ अफिसर श्रीमती सची रेग्मीले हस्ताक्षर गरेकाछन ।