• गृहपृष्ठ
  • साग पुरुष भलिबल– नेपाल समूह चरणबाटै बाहिरियो

साग पुरुष भलिबल– नेपाल समूह चरणबाटै बाहिरियो

Nov 29th, 2019

काठमाडौँ, १३ मङ्सिर (रासस)

तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत पुरुष भलिबलमा नेपाल समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको आज भएको अन्तिम खेलमा नेपाल भारतसँग ३–० ले पराजित भएको हो ।

त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलमा भारतले नेपाललाई शुरुआतदेखि दबाबमा राखेको थियो । भारतले पहिलो सेट २५–१५ अङ्कले, दोस्रो सेट २५–१३ ले तथा तेस्रो सेट २५–१६ अङ्कले जितेको हो । यसअघि नेपाल पहिलो खेलमा बङ्गलादेशसँग ३–२ ले पराजित भएको थियो । भारत समूह ‘ए’को विजेता तथा बङ्गलादेश उपविजेता बन्दै सागको सेमिफाइनलमा प्रवेश गरेका छन् ।