जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Nov 29th, 2019

काठमाडौं, १३ मंसिर

३६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं नागार्जुन नगरपालिका ३ बस्ने ३१ वर्षीय सोमराज नगरकोटीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

नगरकोटीले ती महिलालाई पटक पटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।