• गृहपृष्ठ
  • साताको अन्तिम दिन सुन चाँदीको भाउ बढ्यो, कति पुग्यो हेर्नुस् ?

साताको अन्तिम दिन सुन चाँदीको भाउ बढ्यो, कति पुग्यो हेर्नुस् ?

Nov 29th, 2019

काठमाडौं, १३ मंसिर
नेपाल सुनचाँदी व्यवसायी महासंघले साताको अन्तिम दिन शुक्रबारको सुन चाँदीको भाउ सार्वजनिक गरेको छ । महासंघको सूचना अनुसार आज छापावाल सुनको भाउ प्रति तोला ३ सय रुपैयाँले बढेको छ । बिहिबार घटेर तोलामा ७१ हजारमा कारोबार भइरहेको सुनको आज बढेर ७१ हजार ३ सय रुपैयाँ पुगेको छ ।

त्यसै गरी तेजावी सुनको मूल्य समेत तोलामा ३ सय रुपैयाँ बढेर ७१ हजारमा कारोबार भइरहेको महासंघले जनाएको छ । त्यस्तै, चाँदीको भाउमा समेत वृद्धि भएको छ । हिजो ५ रुपैयाँ तोलाको घटेको चाँदी आज पुनः ५ रुपैयाँ बढेर ८ सय ५५ रुपैयाँ पुगेको हो ।