• गृहपृष्ठ
  • अवैध रुपमा हुण्डी कारोबार गरेको अभियोगमा पक्राउ

अवैध रुपमा हुण्डी कारोबार गरेको अभियोगमा पक्राउ

Nov 28th, 2019

काठमाडौं, १२ मंसिर
अवैध रुपमा हुण्डी कारोबार गरेको अभियोगमा अवैध रकम ३८ लाख १२ हजार रुपैयाँ र विभिन्न व्यक्तिहरुको नाममा काटिएको चेक सहित २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका १८ नरदेवी ठेगाना भएका काठमाडौं रणमुक्तेश्वरस्थित अन्जनी ओभरसिजका संचालक ५८ वर्षीय गोवर्धन प्रसाद सरावगी र अर्घाखाची शितगंगा नगरपालिका-४ जोगेनिकोट ठेगाना भएका २३ वर्षीय कृष्ण प्रसाद भट्टराई रहेका छन् ।

काठमाडौं उपत्यकाभित्र गैरकानुनी तवरले हुण्डीको कारोवार गरी राजश्व छली गरिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले काठमाडौं न्युरोडबाट गोवर्धनले हुण्डि गर्न दिएको अवैध रकम नगद ३० लाख रुपैयाँ सहित कृष्णप्रसादलाई तथा अवैध रकम नगद ८ लाख १२ हजार रुपैयाँ लगायत विभिन्न व्यक्तिहरूको नाममा काटिएको चेक सहित गोवर्धनलाई पक्राउ गरी आवश्यक अनुसन्धान जारी रहेको उक्त महाशाखाले जनाएको छ ।