सवारी दुर्घटनामा मृत्यु

Nov 28th, 2019

काठमाडौं, मंसिर १२

भक्तपुर, मध्यपुर ठिमी नगरपालिका ५ पुरानो ठिमीमा बा.१२ च ५६४० नम्बरको पानी बोक्ने गाडीले ठक्कर दिँदा सिन्धुपाल्चोक बाह्रबिसे घर भई हाल मध्यपुर ठिमी नगरपालिका ६ पुरानो ठिमी बस्ने २५ वर्षीया ज्योती मगरको बिहीबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको लागि मध्यपुर अस्पताल ठिमी लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवन, राप्ती नगरपालिका ७ खुरखुरेमा ना.६ ख १४४ नम्बरको ट्रक र ना.१४ प १६३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका ६ बस्ने २१ वर्षीय बिवेक चौधरीको घटनास्थलमै मृत्यु भएको छ । मोटरसाइकल चालक सोही ठाउँ बस्ने २२ वर्षीय पृथ्वी कुँवर घाइते भएकोले उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरतर्फ पठाइएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।