• गृहपृष्ठ
  • १३ औं दक्षिण एसियाली खेलकुद(साग)मा नेपाल प्रहरीको तर्फबाट ९२ जना छनौट

१३ औं दक्षिण एसियाली खेलकुद(साग)मा नेपाल प्रहरीको तर्फबाट ९२ जना छनौट

Nov 28th, 2019

काठमाडौं, मंसिर १२

मंसिर १५ देखि २४ गतेसम्म नेपालमा सम्पन्न हुन गइरहेको १३औं दक्षिण एसियाली खेलकुद(साग) प्रतियोगितामा नेपाल प्रहरीको तर्फबाट विभिन्न खेलमा ४४ जना महिला र ४८ जना पुरुष गरी ९२ जना खेलाडी तथा प्रशिक्षकहरु छनौट भएका छन् ।

प्रतियोगितामा पुरुष फुटबल, महिला फुटबल, पुरुष भलिबल, महिला भलिबल, एथलेटिक्स, भारोत्तोलन, बक्सिङ, सुटिङ, जुडो, कराँते, तेक्वान्दो, ब्याडमिन्टन, टेवलटेनिस, उसु, क्रिकेट, महिला कबड्डी, आर्चरी, कुश्ती र महिला बास्केटबल गरी १९ खेलमा नेपाल प्रहरीले सहभागिता जनाउने भएको नेपाल प्रहरी खेलकुद समितिले जनाएको छ ।