• गृहपृष्ठ
  • सेञ्चुरी कमर्सियल बैंक र भाटभटेनी मनी ट्रान्सफरबिच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक र भाटभटेनी मनी ट्रान्सफरबिच सम्झौता

Nov 28th, 2019

काठमाडौं, १२ मंसिर
सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र भाटभटेनी मनी ट्रान्सफरबिच सम्झौता भएको छ । सम्झौता अनुसार सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट भाटभटेनी मनी ट्रान्सफरबाट पठाएको पैसाको भुक्तानी लिन सकिने बैंकले जनाएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख व्यवसाय विकास अधिकृत सुभाष बहादुर श्रेष्ठ र भाटभटेनी मनी ट्रान्सफरका कार्यकारी प्रबन्धक मुनाल जंग कार्काीले हस्ताक्षर गरेका छन् ।

बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०० शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर साथै १३ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १३५ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।