• गृहपृष्ठ
  • देव बिकास बैंकको शाखा कावासोती र धादिङवेसीमा

देव बिकास बैंकको शाखा कावासोती र धादिङवेसीमा

Nov 28th, 2019

काठमाडौं, १२ मंसिर
देवः विकास बैंकको कावासोती नगरपालिका, वडा नं २ स्थित कावासोतीमा संचालनमा आएको कावासोती शाखा कार्यालयको मंसीर ११ गते आयोजित एक औपचारिक समारोहबीच बैंक संचालक समितिका सदस्य सुदन रत्न बज्राचार्यले विधिवत उद्घाटन गरेका छन् । कार्यक्रममा आफ्नो मन्तव्य राख्दै संचालक बज्राचार्यले द्रुत आर्थिक गतिविधिमा अग्रसर नवलपुर क्षेत्रको आर्थिक विकासमा हातेमालो गरी स्थानीयसँगको सम्बन्धलाई अझ मजबुत बनाउन यस क्षेत्रमा थप शाखा संचालनमा ल्याएको जानकारी गराउनुभयो । यस शाखा कार्यालयको स्थापनाबाट अझ सरल, सुलभ र सुरक्षित बैकिङ्ग सेवा प्रदान गर्न बैंक अग्रसर रहेकोले सेवाग्राहीहरु थप लाभान्वित हुनेमा बैंक विश्वस्त रहेको बताउनुभयो ।

कार्यक्रममा बैंकको गतिविधि माथी प्रकाश पार्नु हुँदै बैंकका संचालक समितिका सदस्य बिजयराज शर्मा भुषालज्यूले बैंक साना तथा मझौला व्यवसायमा केन्द्रित रहने जानकारी गराउनुभयो कार्यक्रममा नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष, डासुराम पोखरेलज्यूले देवः विकास बैंक लि., नवलपुर जिल्लामा बैंकले थप सेवा विस्तार गरी व्यवसायिक कारोवारको दायरा बढाएकोमा शुभकामना गर्दै उद्योगी व्यवसायीलाई कर्जा कारोवार गर्न उत्प्रेरित गर्न सुझाव दिनुभयो ।

यसै गरी, बैंकले नीलकण्ठ नगरपालिका, वडा नं ३ स्थित धादिङ्गवेशीमा संचालनमा आएको धादिङ्गवेशी शाखा कार्यालयको बिहिबार आयोजित एक औपचारिक समारोह बीच बैंक संचालक समितिका सदस्य विजय राज शर्मा भुषालले विधिवत समुद्घाटन गर्नु भयो । कार्यक्रममा आप्mनो मन्तव्य राख्नु हुँदै संचालक भुषालले स्थानीय पूँजी परिचालन गरी साना तथा लघु लद्यम व्यवसायीहरुलाई आर्थिक परिचालनको लागि सहयोग गर्न बैंक तत्पर रहेको र ग्रामिण क्षेत्रमा समेत आगामी दिनमा बैकिङ्ग सेवा विस्तार गरी सेवाग्राहीहरुलाई सुविधा उपलब्ध गराउने योजना रहेको जानकारी गराउनुभयो ।

बैंकका अनुसार दुवै कार्यक्रमहरुमा स्वागत मन्तव्य दिनु हुँदै बैंकका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठले देशको आर्थिक अभिबृद्धिमा टेवा पुर्याउन बैकिङ्ग सेवालाई गाउँ तथा ग्रामिण क्षेत्रमा विकेन्दिकृत गरी स्थानीयस्तरमा उद्यमशीलताको विकास र आर्थिक अभिबृद्धि गर्नका लागि सहकार्य गरिने प्रतिवद्धता सहित सम्पूर्ण अतिथिहरु लाई स्वागत गर्नु भएको थियो । कार्यक्रममा त्यस क्षेत्रमा रहेका बैंकका पुर्व संचालकहरु, बैंकका संस्थापक समाजसेवी, पत्रकार, विभिन्न संघसंस्थाका प्रमुख, व्यापारी, स्थानीय व्यक्तिहरुको उपस्थिति रहेको रहेको थियो । यस अधि गत महिना बैंकले बाँके जिल्लाको रिमझिममा पनि थप शाखा संचालनमा ल्याइसकेको छ ।