• गृहपृष्ठ
  • ग्लोबल आइएमई क्यापिटलले साधना लघुवित्तको शेयर बिक्री प्रबन्धकको काम गर्ने

ग्लोबल आइएमई क्यापिटलले साधना लघुवित्तको शेयर बिक्री प्रबन्धकको काम गर्ने

Nov 28th, 2019

काठमाडौ, १२ मंसिर
ग्लोबल आइएमई क्यापिटल लिमिटेड र साधना लघु वित्त वित्तीय संस्था लिमिटेडबिच सम्झौता भएको छ । सम्झौता अनुसार ग्लोवलले साधनाले जारी गर्ने छ लाख ३० हजार कित्ता साधारण शेयर प्रति कित्ता एक सय को दरले हुने कुल रकम छ करोड ३० लाख निष्कासन तथा विक्री प्रर्वन्धककोरुपमा कार्य गर्ने छ ।

सम्झौतामा ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकाल तथा साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले हस्ताक्षर गरेकाछन । गोरखा जिल्लाको सदरमुकाम गोरखा बजारको हरमटारीस्थित केन्द्रीय कार्यालय रहेको साधनाले तनहुँ जिल्लाको डुम्रेमारहेको आर्थिक सम्वृद्धि लघुवित्त वित्तीय संस्थालाई हालै मात्र प्राप्ती (एक्विजिसन) गरेर घ वर्गको लघुवित्त संस्थाहरुमा मर्जर÷एक्विजिसन गर्ने पहिलो लघुवित्त वित्तीय संस्थाको रुपमा दर्ज भएको छ ।

एक्विजिसन पश्चात् हालै मात्र साधना लघुवित्त वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाको रुपमा ईजाजतपत्र समेत प्रदान गरेको छ । हाल १४ करोड ७० लाख चुक्ता पूँजी रहेको साधारण शेयर निष्कासन पश्चात साधनाको जारी तथा चुक्ता पुँजी २१ करोड रुपैयाँ पुग्ने छ ।