• गृहपृष्ठ
  • सवारी दुर्घटना हुन नदिन सम्बद्ध पक्षको सावधानीमा राष्ट्रपतिको जोड

सवारी दुर्घटना हुन नदिन सम्बद्ध पक्षको सावधानीमा राष्ट्रपतिको जोड

Nov 28th, 2019

काठमाडौँ, १२ मङ्सिर(रासस)

राष्ट्रपति विद्यादेवी भण्डारीले अर्घाखाँचीमा भएको बस दुर्घटनाको खबरले आफू स्तब्ध भएको बताउनुभएको छ । आज ट्विट गर्दै उहाँले शोकाकूल परिवारमा समवेदनाका साथ घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

“हाम्रो देशको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै सवारी दुर्घटना हुन नदिन सम्बद्ध सबै पक्षको सावधानी आवश्यक रहेको मैले महसुस गरेको छु”, ट्विटमा भनिएको छ ।