नेप्से झण्डै पाँच अंकले घट्यो

Nov 28th, 2019

काठमाडौ, १२ मंसिर
नेप्से झण्डै पाँच अंकले घटेको छ । अघिल्लो दिन बढेको नेप्से आज बिहिबार चार दशमलव ६७ अंकले घटेर ११ सय १२ दशमलव ७९ अंकमा पुगेकोमा सेन्सिटिभ शुन्य दशमलव ५७ अंकले घटेर दुई सय ४६ दशमलव ६५ अंकमा झरेको छ । एक सय ६६ कम्पनीहरुको चार हजार पाँच सय ४१ वटा कारोबारमा १२ लाख ७१ हजार छ कित्ता सेयर किनबेच हुँदा सेयर कारोबार रकम २४ करोड ३३ लाख ९१ हजार तीन सय २० रुपैयाँ पुगेको छ ।

आज १२ वटा समुहको कारोबार हुँदा जीवन बीमा समुहको सुचक बढेर बाँकी समुहको सुचक घटेको छ । वाँणिज्य बैंक समुहको सुचक चार दशमलव २४ अंकले घटेर एक हजार २१ दशमलव २१ अंकमा पुग्दा विकास बैंक समुहको सुचक पनि सात दशमलव ७२ अंकले घटेर १५ सय २९ दशमलव ८२ अंकमा पुुगेको छ । जलविद्युत, निर्जिवन बीमा, ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य, लघुवित्त र सामुहिक लगानी कोष समुहको सुचक पनि घटेका छन् ।

कमाउने कम्पनीको सुचीमा आज माउन्टेन हाईड्रो पावर कम्पनी पहिलो स्थानमा परेको छ भने गुमाउने कम्पनीको सुचीमा साल्ट ट्रेडिङ कर्पोरेशन नेपाल लिमिटेड पहिलो स्थानमा परेको छ । हिमालयन डिष्ट्रिलरी प्राली भने आज बढी रकम कारोबार गर्ने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको छ ।