कटुवा पेस्तोल सहित पक्राउ

Nov 28th, 2019

उदयपुर, मंसिर १२

बेलका नगरपालिका ३ सातपत्रेबाट कटुवा पेस्तोल १ थान र सोको गोली १ राउण्ड सहित सोही नगरपालिका बस्ने १९ वर्षीय मनोज खत्रीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

निज खत्री र सोही नगरपालिका बस्ने २६ वर्षीय बिशाल लिम्बुले स.१ त७४४० नम्बरको ट्याक्टररोकी ट्याक्टरमा काम गर्नेएक व्यक्तिलाईहातपात गर्दै कटुवापेस्तोल समेत देखाई अपहरण शैलीमा एकान्त स्थानतर्फ लैजाँदै गरेको भन्न खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले खत्रीलाई उक्त हतियार सहित पक्राउ गरेको हो ।
घटनामा संलग्न फरार रहेका बिशाललिम्बुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।