• गृहपृष्ठ
  • १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Nov 28th, 2019

कञ्चनपुर, मंसिर १२

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलौरी नगरपालिका-८ कानपुर बस्ने २९ वर्षीय धनीराम चौधरीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

चौधरीले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पचुईबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।