• गृहपृष्ठ
  • प्रहरी निरीक्षक हुँ भनीपैसा असुली गर्न खोजेको अभियोगमा पक्राउ

प्रहरी निरीक्षक हुँ भनीपैसा असुली गर्न खोजेको अभियोगमा पक्राउ

Nov 28th, 2019

पर्सा, मंसिर १२

जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम ब्रान्चको प्रहरी निरीक्षकहुँ भनी पैसा असुली गर्न खोजेको अभियोगमा वीरगंज महानगरपालिका ५बस्ने २७ वर्षीय दिब्यप्रकाश चतुर्वेदीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

चतुर्वेदीले मकवानपुर हेटौंडा उपमहानगरपालिका ९ बस्नेएक व्यक्तिलाई प्रहरीहुँ भन्दै हप्काई पैसा मागेको भन्नेखबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै चतुर्वेदीहातहतियार खरखजना कसुरमा २०७५ चैत ३० गते जिल्ला अदालत पर्साको आदेशले १ लाख रुपैयाँधरौटीमा छुटेको व्यक्ति भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।