• गृहपृष्ठ
  • आज पनि घट्यो सुनको भाउ, हेर्नुस कति पुग्यो

आज पनि घट्यो सुनको भाउ, हेर्नुस कति पुग्यो

Nov 28th, 2019

काठमाडौं, १२ मंसिर
बिहेको सिजन शुरु भएसँगै सुनको मूल्य पनि घट्दो क्रममा छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रकाशित गरेको सुनचाँदीको भाउ अनससार आज सुनको मूल्य तोलामा २ सयले घटेको छ । महासंघका अनुसार हिजो बुधबार स्थिर रहेको सुनको भाउमा आज फेरि तेलामा २ सय रुपैयाँले घटेर प्रतितोला ७१ हजार रहेको हो ।

केहि दिन यता निरन्तर ओरालो लागेको सुनको भाउ मंगलबार तोलाको ४ सय रुपैयाँले घटेको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य समेत ७० हजार ९ सय रुपैयाँबाट २ सय रुपैयाँ घटेर प्रतितोला ७० हजार ७ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

यता चाँदीको भाउ समेत प्रतितोला ५ रुपैयाँले घटेको छ । हिजो सुनको भाउ स्थिर रहेको भए पनि चाँदी प्रतितोला ५ रुपैयाँले बढेर ८ सय ५५ पुगेको थियो । हिजो बढेको चाँदीको भाउ आज घटेर तोलाको पुरानै मूल्य अर्थात ८ सय ५० रुपैयाँ नै कायम भएको छ ।