• गृहपृष्ठ
  • ग्लोबल आइएमई बैंकको तीन नयाँ शाखा सञ्चालनमा

ग्लोबल आइएमई बैंकको तीन नयाँ शाखा सञ्चालनमा

Nov 28th, 2019

काठमाडौ, १२ मंसिर
ग्लोबल आइएमई बैंक लिमिटेडले तीन ठाउँमा नयाँ शाखा बिस्तार गरेको छ । बैंकले बुधबार दिपायलको सिलगढी नगरपालिका वडा नं. ४,पिपल्ला बजार, डोटी, भिमेश्वर नगरपालिका वडा नं. २, चरिकोट, दोलखा र सिद्धार्थनगर नगरपालिका वडा नं. १, भैरहवा, रुपन्देहीस्थित विशेष औद्योगिक क्षेत्र परिसरमा नयाँ शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।

बैंकका अनुासर तीन नयाँ शाखा सञ्चालन सँगै बैंकको शाखा कार्यालयहरुको संख्या एक सय ५३ पुगेको छ । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहकहरु माझ बैंकिङ्ग सेवा प्रदान गर्दे आइरहेको छ । बैंकले हाल एक सय ५३ वटा शाखा, ३१ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, एक सय ५० एटिएम तथा एक सय ९५ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर तीन प्रतिनिधि÷सम्पर्क कार्यालय मार्पmत आफ्ना ११ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दे आइरहेको छ ।