• गृहपृष्ठ
  • बार्सिलोना नकआउट चरणमा प्रवेश: च्याम्पियन्स लिग

बार्सिलोना नकआउट चरणमा प्रवेश: च्याम्पियन्स लिग

Nov 28th, 2019

काठमाडौं, १२ मंसिर

स्पानिस क्लब बार्सिलोना च्याम्पियन्स लिगको नटआउट चरणमा प्रवेश गरेको छ । बार्सिलोना एक खेल बाँकी छँदै च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको हो ।

बुधबार राती भएको खेलमा बार्सिलोनाले जर्मन क्लब डर्टमण्डलाई ३–१ गोल अन्तरले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो। घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन लुईस स्वारेज, लियोनल मेस्सी र एन्टोनी ग्रिजम्यानले समान एक–एक गोल गरे ।

खेलमा पहिलो अग्रता बार्सिलोनाले लिएको थियो । २९ औँ मिनेटमा मेस्सीको पासमा लुइस सुवारेजले बार्सिलोनालाई अग्रता दिलाएका थिए। ३३ औँ मिनेटमा मेस्सीले अग्रता दोब्बर बनाए ।  पहिलो हाफमा दुई गोलको अग्रता बनाएको बार्सिलोनाका लागि खेलको ६७ औँ मिनेटमा ग्रिजम्यानले गोल गरे ।

खेलको ७७ औँ मिनेटमा जेडोन सान्चेजले बोरुसियाका लागि एकमात्र गोल गरे । जितसँगै बार्सिलोनाले नकआउट चरणमा प्रवेश गरेको छ । बार्सिलोनाले समूह चरणको अन्तिम खेल इन्टरमिलानसँग खेल्नेछ। पराजित डर्टमण्ड र इन्टर मिलानको भने समान सात–सात अंक छ ।