• गृहपृष्ठ
  • प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार

Nov 27th, 2019

काठमाडौँ, ११ मङ्सिर (रासस)

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको महाराजगञ्जस्थित मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा अहिले साँझ ७ बजे सेन्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उहाँको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘मङ्गलबार शल्यक्रियापश्चात् सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको र हाल सम्माननीयज्यूको स्वास्थ्यमा उल्लेखनीय सुधार भइरहेको व्यहोरा जानकारी गराइन्छ ।’ यसअघि सेन्टरले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओली राम्रोसँग कुराकानी गर्नसक्ने अवस्थामा हुनुभएको उल्लेख थियो । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि मङ्गलबार बिहान सो सेन्टरमा जानुभएकोे र एपेन्डिसाइटिस देखिएपछि विशेषज्ञ चिकित्सकद्वारा सफल शल्यक्रियापश्चात् सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा हुनुहुन्छ ।