• गृहपृष्ठ
  • आईएमई जनरलको नायव प्रमुुख कार्यकारीमा रेग्मी

आईएमई जनरलको नायव प्रमुुख कार्यकारीमा रेग्मी

Nov 27th, 2019

काठमाडौं, ११ मंसिर
आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको संचालक समितिले कम्पनीमा नायव महाप्रन्धक पदमा कार्यरत शरण रेग्मीलाई नायव प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको छ । स्नातकोत्तर तह उतिर्ण गरी विगत २७ बर्षदेखि निर्जीवन बीमा तथा बित्त क्षेत्रमा कार्यरत रेग्मीले तत्कालिन एनआईडिसी क्यापिटल मार्केट् लि. (हाल सनराईज क्याटिलमा) २ बर्ष, युनाईटेड इन्स्योरेनस कम्पनी (नेपाल) लिमिटेडमा ७ बर्ष, सगरमाथा इन्स्योरेन्स लिामिटेडमा ८ बर्ष, सिद्धार्थ डेभलपमेण्ट बैंक लि. (हाल जनता बैंक लि.) मा ६ बर्ष र आइएमई जनरल इन्स्योरेन्स लिमिटेडमा ४ बर्ष कार्य गरेको लामो अनुभव रहेको बैंकले जनाएको छ ।

बैंकका अनुसार बीमा तथा वित्त क्षेत्रलाई नजिकबाट नियालेका रेग्मीले उक्त क्षेत्रको शुच्छम अध्ययन गरी सहायक स्तरबाट आफनो सेवा शुरु गरी विभिन्न पद र विभागमा कार्य गर्दै निरन्तर कर्ममा विश्वास गर्ने व्यक्तिको रुपमा आफूलाई स्थापित गर्दै आउनुभएको छ । शरण रेग्मीलाई आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको संचालक समितिले मिति २०७६ साल मंसीर १० गते देखि लागु हुने गरी नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा नियुक्ती गरेको छ ।