• गृहपृष्ठ
  • भारतद्वारा गरिदै आएको नियमित अतिक्रमण सैह्य हुँदैन : राप्रपा

भारतद्वारा गरिदै आएको नियमित अतिक्रमण सैह्य हुँदैन : राप्रपा

Nov 27th, 2019

काठमाडौं, ११ मंसिर
भारतद्वारा अतिक्रमित लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायतका नेपाली भूमी फिर्ता गर्न माग गर्दै राप्रपा सम्बद्ध जनवर्गीय संगठनहरुले आज राजधानीमा प्रदर्शन गरेका छन् । बबरमहलबाट विरोध ¥याली गर्दै माइतिघर मण्डलामा पुगेर विरोधसभा सम्पन्न भएको थियो । भारतद्वारा अतिक्रमण गरेका भूभाग फिर्ता गराउनेतर्फ सरकारले कुनै पहल नगरेको भन्दै सरकारलाई खवरदारी गर्न आयोजित सो विरोधसभामा पूर्व मन्त्री एवं राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनका अध्यक्ष कुन्ति कुमारी शाही, राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष प्रकाश रिमाल, ट्रेड युनियन महासंघ नेपाल (टुकोन)का अध्यक्ष हिक्मत जंग भण्डारी, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष महेश बहादुर सिंह, राष्ट्रिय युवा मोर्चाका अध्यक्ष केदार बहादुर धमला लगायतका वक्ताहरुले अतिक्रमित नेपाली भूमी तत्काल फिर्ता गर्न माग गर्दै उपरोक्त भूमि समिटएिको नेपालको आधिकारिक नक्सा सार्वजनिक गर्न सरकारसँग माग गरेका थिए ।

भारतद्वारा गरिदै आएको नियमित अतिक्रमण सैह्य नहुने भन्दै वक्ताहरुले वीर पुर्खाले आर्जेको मुलुकको सिमा रक्षाको लागि जस्तासुकै वलिदान गर्न राप्रपा सम्बद्ध राष्ट्रवादीहरु हमेसा तयार रहेको भन्दै यसका विरुद्ध आम नेपालीहरु एकजुट हुनुपर्ने बताएका थिए । विरोधसभाको समापन सँगै भारतद्वारा हालै नेपाली भूमी समेटेर सार्वजनिक गरिएको नक्सा जलाइएको थियो ।