• गृहपृष्ठ
  • छुट्टाछुट्टै स्थानबाट नियन्त्रित लागूऔषध सहित सात जना पक्राउ

छुट्टाछुट्टै स्थानबाट नियन्त्रित लागूऔषध सहित सात जना पक्राउ

Nov 27th, 2019

काठमाडौं, मंसिर ११

सिरहाको भगवानपुर गाउँपालिका ५ स्थित लालपुर गमहरिया सडकबाट नियन्त्रित लागूऔषध डाईलेक्स डिसी १५ वोतल, डाईजेल्याब १८ एम्पुल, प्रेमेथिन हाईड्राईड १८ पिस, नुर्फिन १९ एम्पुल र नाईट्राभेट ट्याब्लेट ३० पिस सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भगवानपुर गाउँपालिका ५ बस्ने २१ वर्षीय मुकेश कुमार यादब र २५ वर्षीय संजय कुमार यादब रहेका छन् । प्रहरी चौकी ठाँडीबाट खटिएको प्रहरीले प्रदेश २-०१-००१ प ३४७१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

पर्साको पर्सागढी नगरपालिका ३ कटहरियाबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ट्याबलेट १९ पिस, स्पास्मो ट्याबलेट ५६ पिस र कोरेक्श १ बोतल सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनुषा जनकपुर उपमहानगरपालिका ७ बस्ने २९ वर्षीय सुनिल सिंह र बारा जितपुर सिमरा उपमहानगरपालिका ३ बस्ने १९ वर्षीय अभिशिष अधिकारी रहेका छन् । अस्थायी प्रहरी पोष्ट बिरुवागुठ्ठीबाट खटिएको प्रहरीले प्रदेश ३-०२-११ प ८९०० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

स्याङजाको पुतलीवजार नगरपालिका १ स्थित सडकबाट नियन्त्रित लागूऔषध फेनरागन ४८ एम्पुल, नुर्फिन ४८ एम्पुल, डाईजेपाम ४७ एम्पुल र नगद ५ हाजर ३५ रुपैयाँ सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कास्की पोखरा महानगरपालिका २ बस्ने २७ वर्षीय अष्टमान लामा र स्याङजा पुतली वजार नगरपालिका १ बस्ने ३० वर्षीया मिना थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले बुटवलबाट पोखरातर्फ जाँदै गरेको ग.१ ख ९५२५ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

महोत्तरीको बर्दिवास नगरपालिका १ स्थित बिपी राजमार्गबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ट्यब्लेट २ हजार ४० पिस, फेनारगन ३ सय एम्पुल, नुर्फिन २ सय ८८ एम्पुल र डाईजेपाम २ सय ९६ एम्पुल सहित सिरहा सखुवानकारकट्टी गाउँपालिका ५ बस्ने २० वर्षीय मोहम्मद सजिम अन्सारीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।