भरुवा बन्दुक सहित पक्राउ

Nov 27th, 2019

गुल्मी, मंसिर ११

मालिका गाउँपालिका ४ बस्ने ३७ वर्षीय भक्त बहादुर रानालाई भरुवा बन्दुक १ थान सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

भक्त बहादुरले मादक पदार्थ सेवन गरी सोही ठाउँ बस्ने १६ वर्षीय एक युवकलाई भरुवा बन्दुक लिई मार्छु भनि हिँडेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पुर्कोटदह र अस्थायी प्रहरी पोष्ट अर्खाबाङबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।