आज नेप्सेमा उच्च बृद्धि

Nov 27th, 2019

काठमाडौं, ११ मंसिर
बुधबार नेप्सेमा उच्च बृदि देखिएको छ । आज नेप्से आठ दशमलव तीन अंकले बढेर ११ सय १७ दशमलव ४६ अंकमा पुगेको छ भने सेन्सिटिभ पनि एक दशमलव ७४ अंकले बढेर दुुई सय ४७ दशमलव २३ अंकमा पुगेको छ । एक सय ६५ कम्पनीहरुको तीन हजार पाँच सय ९८ वटा कारोबारमा सात लाख ३८ हजार चार सय ४६ कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार रकम २१ करोड २३ लाख ६३ हजार सात सय ३६ रुपैयाँ पुगेको छ ।

आज १२ वटा समुहको कारोबार हुँदा ट्रेडिङ बाहेक सबै समुहको सुचक बढेका छन् । यी मध्ये वाँणिज्य बैंक समुहको सुचक चार दशमलव ९३ अंकले बढेर एक हजार २५ दशमलव ४५ अंकमा पुगेको छ । विकास बैंक समुहको सुचक १४ अंकले बढेर १५ सय ३७ दशमलव ५३ अंकमा पुगेको छ । जलविद्युत, लघुवित्त, निर्जिवन बीमा, जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुहिक लगानी कोष समुहको सुचक पनि बढेका छन् ।

कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा रिडी हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा साल्ट ट्रेडिङ कर्पोरेसन नेपाल लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने आज एनएमबी बैंक पहिलो स्थानमा परेको छ ।